Logo

एकैपटक चार शिशुलाई जन्म दिएर बितिन् आमा



Spread the love

१७ भदाै, जनकपुर – एकैपटक चार शिशुलाई जन्म दिएको युवतिको मृत्यु भएको । जनकपुरमा मंगलबार साँझ चार जना शिशु जन्माएकी २२ वर्षीया अरमाना खातुनको बुधबार मृत्यु भएको हो ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् ।

उनको उपचारमा संलग्न डा.सोनिया सिंहले शल्यक्रियामार्फत बच्चाहरु निकालिएकी युवतिको स्वास्थ्य अवस्था बिग्रीएको बताएकी थिइन् ।

उनले जन्माएका चार जना शिशुको नै आइसियुमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्