Logo

वैदेशिक रोजगार आर्थिक सहायत भदाै मसान्तसम्मका लागि बन्द



Spread the love

१७ भदाै, काठमाडाैँ – वैदेशिक रोजगार आर्थिक सहायत बन्द भएको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायता भदौ महिनाभर नपाइने भएको छ ।

वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायता भदौ महिनाभरीका लागि बन्द भएकोबारे बोर्डले सुचना प्रकाशन गरेर जानकारी दिएको छ । उक्त सुचनामा सरकारले पास पास दिन पनि रद्द गरेपछि बोर्डले सूचना निकालेर आर्थिक सहायता प्रदानको काम भदौ मसान्तसम्म बन्द गरिएको जानकारी दिइएको छ ।

बोर्डले सहायता बन्द भएता पनि सहायताका लागि निवेदन भने दिन सकिने उल्लेख गरेको छ । यसका लागि निवेदकले आ(आफ्नो पालिका मार्फत निवेदन पे श गर्नु पर्नेछ ।

बोर्डले आवश्यक कागजात सहित आएका निवेदनहरू बोर्डमा पठाउन समेत पालिकालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्