Logo

केन्द्रीय प्रयोगशालाकै चरम लापरबाही, कोरोनाको परीक्षण बिनै वडाध्यक्ष सहितलाई नेगेटिभ रिपोर्ट



Spread the love

१७ भदाै, काठमाडाैँ – कोरोना जस्तो संवेदनशील विषयमा सरोबारवाला निकाय नै गैरजिम्मेवार बन्दै गइरहेका छन् । सर्वसाधारणलाई त सँधै ठगिन्थे नै । तर, यसपाली भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वडाध्यक्षको हातमा समेत गलत रिपोर्ट थम्याइदिएको छ । त्यो पनि कोरोना परीक्षण नै नगरेको ।

कोरोना परीक्षणका नाममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको बदमासी बाहिर आएको छ । प्रयोगशालाले कोरोना परीक्षण गर्ने भनेर संकलन गरेको १ सय ५० जनाको स्वाब बिना परीक्षण नेगेटिभ रिपोर्ट बनाएर बुझाएको पाइएको छ ।

ती १ सय ५० जनाको बीचमा काठमाडौं नागार्जुन नगरपालिकाका वडाध्यक्षसमेत छन् । उनको हातमा पनि कोरोना परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट आयो ।

गत शुक्रबार नागार्जुन नगरपालिका क्षेत्रका मेयर तथा वडाध्यक्ष सहित ९० जनाको स्वाब संकलन गरिएको थियो । भदाै १४ गते सबैको कोरोना रिपोर्ट नेगेटिभ रहेको समाचार प्रयोगशालाबाट आयो ।

जनप्रतिनिधी कोरोना रिपोर्ट नेगेटिभको म्यासेजसँगै कोरोना रोकथामका काममा लागे । मंगलबार त रक्तदान कार्यक्रममा सहभमगी नै भए । ३ सय जनाको उपस्थितिमा १ सय ८० जनाले रक्तदान गरेका थिए ।

तर, मंगलबार वडाध्यक्षको मोबाइलमा कोरोना पोजेटिभको म्यासेज आएसँगै नागार्जुन नगरपालिकाकासीमा त्रास थपिएको छ ।

यता, प्रयोगशालाले पनि कोरोना परीक्षणमा त्रुटि भएर गलत रिपोर्ट पुग्न गएको स्वीकारेको छ ।

प्रतिक्रिया दिनुहोस्