Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संंख्यामा कमी



Spread the love

१८ भदाै, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ५१ जनाको मृत्यु भएको छ भने हिजो २ तारिखमा ११ सय ३४ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ८९ हजार ९ सय २४ जनाको मृत्यु भएको छ भने ६२ लाख ८९ हजार भन्दा बढी संक्रमित भएका छन् । ३५ लाख ३८ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्