Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, कोरोना संक्रमितको संख्या नयाँ रेकर्ड



Spread the love

१८ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८२ हजार ८ सय ६० जना संक्रमित हुँदा १ हजार २६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३८ लाख ४८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २९ लाख ६७ हजारभन्दा बढी निको भइसकेका छन् भने ६७ हजार ४ सय ८६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । भारतमा गएको २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्मकै धेरै हो ।

प्रतिक्रिया दिनुहोस्