Logo

डेढ बर्षिय नाबालकसहित ११० जनामा कोरोना संक्रमण



Spread the love

१८ भदौ, वीरगञ्ज । बिहिबार प्रदेश १ का तिन जिल्लामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

वीरगञ्जको नारायणी अस्पतालमा ५७६ स्वाब परीक्षण गर्दा तिन जिल्लामा थप ११० जनामा कोरोना संक्रमण देखिएको हो भने संक्रान हुनेमा ८० जना पुरुष र ३० महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण भएका मध्य पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जनामा देखिएको छ । गरिएकोमा ८० जना पुरुष र ३० महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिनेमा डेढ वर्षका नाबालकदेखि ८० वर्षका वृद्ध, पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ४९ जना, कालिकामाइ गाउँपालिका–२ का ४ जना, बहुदरमाइ नगरपालिकाका ५ जना, पर्सागढि नगरपालिकाका ७ जना र पोखरिया नगरपालिकाका ४ जना,बाराको कलैया उपमहानगरपालिकाको विभिन्न वडाका २४ जना र रौतहटको यमुनामाइ गाउँपालिकाको वडा नम्बर ३ का १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्