Logo

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मुत्यु



Spread the love

१८ भदौ, चितवन । बिहिबार कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मुत्यु भएको छ ।

चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए ।

रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर नभएपछि लुम्बिनी प्रदेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दा गर्दे बिहान मृत्यु भएको डा.सुर्दशन थापाले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्