Logo

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मुत्यु



Spread the love

१८ भदौ, काठमाडौं। बिहिबार कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मुत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो । कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए ।

भक्तपुर ठिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा बिहीबार बिहान दुई बजे निधन भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पताल भर्ना भएकी संक्रमित महिला मिर्गौलाकी बिरामी थिइन् । कोरोना संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचार हुँदाहुँदै ज्यान गएको हो ।

रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर नभएपछि लुम्बिनी प्रदेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दा गर्दे बिहान मृत्यु भएको डा.सुर्दशन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्