Logo

बागलुङ बाढीपहिरो- ११ जनाको मृत्यु, ३६ अझै बेपत्ता



Spread the love
फाइल तस्बिर

१८ भदौ, बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ३६ जना बेपत्ता भएका छन् ।

राति करिब १२ बजे ढोरपाटन नगरपालिका ९ वोवाङको देउरालीमा भीषण पहिरो गएपछि भूजीखोलामा आएको बाढीले ढोरपाटन विभिन्न पाँचबडा बडाका ३० भन्दा बढी घर बगाएको छ । अन्यको खोजी जारी रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

आजै गृहमन्त्री रामबहादुर थापा सहितको टोली पनि प्रभावित क्षेत्र जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्