Logo

बाढी प्रभावित क्षेत्रमा राहत लिएर गएको गृहमन्त्री सवार हेलिकप्टर बीच बाटोबाटै फर्कियो



Spread the love

१८ भदौ, काठमाडौं बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार हेलिकप्टर पोखरा फर्किएको छ ।

हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्