Logo

नेपालमा थप ६ जिल्ला कोरोनामुक्त



Spread the love

१८ भदौ, काठमाडौं । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको छ ।

यसै बेला नेपालमा सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लागरी ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

नेपाल कुल कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ भने गत २४ घन्टामा ९१७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २४ हजार २०७ पुगेको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५७पुगेको छ।

प्रतिक्रिया दिनुहोस्