Logo

रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन काँग्रेसको आग्रह



Spread the love

१९ भदाै, काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेका छ । नेपाली कांग्रेसले उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमति कै आधारमा निकास खोज्न अपिल गरेका छन् ।

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपप्रति नेपाली काँग्रेस संसदीय दल दुःख व्यक्त गरेका छ ।

कांग्रेसले विज्ञप्ती जारी गर्दै परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्ष बीच आवश्यक समन्वय हुनु जरुरी भएको उल्लेख गरेको छ । विज्ञप्तीमा कांग्रेसले भनेको छ, ‘सदियौं देखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन् । यसको हामी सबैले सम्मान एवं जगेर्ना गर्नु हाम्रो दायित्व तथा कर्तव्य हो ।’

काँग्रेस संसदीय दलले घटनामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्