Logo

नेपालमा ४४ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा,कुन कुन जिल्लामा (सूचीसहित)



Spread the love
निरन्तर निष्पक्ष समाचार | निरन्तर निष्पक्ष समाचार | Page 17

१९ भदौ, काठमाडौं । अहिले नेपालका सातै प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामानै संक्रमित भेटिएसंगै उच्च जोखिममा रहेको छ । अहिले कुनै ठाउँ कोरोना भाइरस सङ्क्रमणको त्रासले जहीँतहीँ सिल गर्दै आएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९)का कारण ७७ मध्ये विभिन्न ४४ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका ३५  जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने बाँकी ९ जिल्लामा आंशिक रहेको छ । 

पछिल्लो समय सामान्य रहेको कोरोना लक डाउन खुकुलो हुदा झन् झन् कोरोना संक्रमण देखिन थालेका छन् । अहिले गाउँ भन्दा पनि सहर निकै जोखिम बनेको छ । अझ हामीले आफै सचेत भएनौँ भने झन् संक्रमणको तिब्र रुप लिने सक्ने डब्ल्यूएचओले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले २०० देखि ५०० सम्म कोरोनाको सक्रिय संक्रमित भएको जिल्लामा बन्दाबन्दी तथा ५०० बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न अनुरोध गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस्