Logo

ललितपुरमा शुक्रबार बिहानैदेखि कर्फ्यु, उल्लंघन गरे गोली हान्‍ने आदेश



Spread the love

१९ भदौ, काठमाडौँ । ललितपुरको चक्रपथ क्षेत्रभित्र स्थानीय प्रशासनले आज (शुक्रबार) बिहानैदेखि कर्फ्यु लगाएको छ ।

ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । 

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुने, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।

शुक्रबार निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि स्थानीय र प्रहरीबीच झडपले उग्ररुप लिएको थियो। रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ।

काठमाडौंको थापाथलीबाट ललितपुर प्रवेश गर्ने सडक बागमती पुलमा ट्राफिक प्रहरी बार लगाएर बसेका छन् । दूध र तरकारी बोकेका गाडीलाई पनि ललितपुर प्रवेश गर्न नदिइ फर्काइएको छ । प्रशासनको अनुमतिबिनै मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबिच झडप हुँदा केही स्थानीय र ४ जना प्रहरी घाइते भएका थिए । झडपको क्रममा रथ तान्ने समूहले घिमिरेमाथि निर्घात कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्