Logo

एकै जिल्लामा थपिए ८८ जनामा कोरोना संक्रमित



Spread the love
प्रतीकात्मक तस्बिर

१९ भदौ, चितवन । शुक्रबार चितवनमा शुक्रबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो पटक चितवन मेडिकल कलेजको प्रयोगशालाबाट सार्वजनिक गरिएको रिपोर्टमा चितवनका मात्रै ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितहरूमा अन्य जिल्लाका ३१ जना छन्।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू १ वर्ष देखि ७८ वर्षसम्मका छन्। उनीहरू मध्ये भरतपुर महानगरपालिकामा ४२ जना, राप्ती नगरपालिकाका ९, रत्ननगरका ३, कालिकाका २, खैरहनीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्