Logo

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित ११ जना कोरोना संक्रमित



Spread the love

१९ भदौ, रुपन्देही । बुटवलमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ भने बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल – ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका कसैमा पनि लक्षण नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र अस्पताल निर्मलीकरण गरेपछि २४ घण्टापछि संक्रमण नभएका स्वास्थ्यकर्मी र कर्मचारीले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गरिने अध्यक्ष आलमले बताए ।

प्रतिक्रिया दिनुहोस्