Logo

जानाैँ रोगप्रतिरोधात्मक क्षमता बढाउने गुर्जोको अचुक फाइदाहरु



Spread the love

एजेन्सी।विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट जोगिन रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । गुर्जोका पात पानीमा उमालेर पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने स्वास्थ्यविद्हरु बताउँछन् । यसका पातहरु अन्य फलफूलसँग मिसाएर जुस बनाएर पनि पिउन सकिन्छ ।

गुर्जोका पातमा क्याल्शियम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु प्रयाप्त मात्रामा पाइन्छन् ।

-गुर्जोका पातले एनीमिया पनि कम गराउँछ ।
-पहेँले रोग लागेमा समेत गुर्जोको पात निकै फाइदाजनक हुन्छ । यसलाई चुर्णको रुपमा खान सकिन्छ ।
-हात खुट्टामा एलर्जी भएमा गुर्जोको पातलाई खानामा सामेल गर्नुपर्छ ।
गुर्जोले पेटसँग जोडिएका थुप्रै समस्याहरुको समाधान गर्छ । गुर्जोको प्रयोग रुघाखोकी र चिसो कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्