१९ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ सय ३१ ले बढेको छ ।
२४ घण्टा याता १ हजार ३ सय ५९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ३८६, जना, चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, भक्तपुरमा ३६, ललितपुरमा ३२ झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जना, काभ्रे, कपिवलस्तु र दाङमा ७/७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५/५ जना, सिन्धुपाल्चोक र डोटीमा ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३/३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १/१ जना संक्रमित थपिएका छन् ।
नेपाल कुल कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ भने हालसम्म २५ हजार ५ सय ६१ जना डिस्चार्ज भएका छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ।