Logo

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ



Spread the love

१८ भदाै, ललितपुर – ललितपुरको झडपमा प्रहरीमाथि ढुंगा हान्ने एक जना पक्राउ परेका छन् । बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवक महालक्ष्मी नगरपालिका १ बस्ने २१ वर्षीय अनिश महर्जन रहेको खुलेको छ । उनी इमाडोलबाट पक्राउ परेका हुन् ।

अपराध महशाखा प्रमुख एसएसपी दीपक थापाले दिएको जानकारी अनुसार अपराध महशाखाबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।

प्रेसको ज्याकेट लगाएर दृश्य खिच्दै गरेको भएता पनि उनी पत्रकार नभएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्