Logo

बैंकका कर्मचारी, सेना र प्रहरीसहित थप १८ जना कोरोना संक्रमित



Spread the love

२० भदौ, वीरगञ्ज । शनिबार पर्सा र बारामा बैंकका कर्मचारी, सेना र प्रहरीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा नबिल बैंक वीरगञ्ज शाखाका २ महिला र १ पुरुष सहित ३ जना कर्मचारी, पर्सागढी नगरपालिका ४ का २ जना, बाराको सिम्रौनगढ नगरपालिकामा ६ जना, जिल्ला प्रहरी कार्यालयका तीन, जीतपुर आर्मी ब्यारेकका तीन जनामा समेत संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्