Logo

अन्ततः मेस्सीले एक सिजन बार्सिलोनाबाटै खेल्ने



Spread the love

एजेन्सी। लिओनल मेसीले फेरि एक सिजन क्याटलान क्लब बार्सिलोनाबाट नै खेल्ने निर्णय गरेका छन् । करिब १० दिनको अन्यौलपछि अन्ततः एक सिजन बार्सिलोनाबाटै खेल्ने निर्णयमा उनी पुगेका हुन् ।

गत हप्ताको मंगलबार मेसीले फ्याक्स मार्फत क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए ।

एक अन्तरबार्तामा बोल्दै उनले भने, “यो साँचाे हो कि, म क्लब छाड्न चाहन्थे। तर, यस बिषयलाई लिएर क्लबलाई अदालतसम्म लिएर जान चाहन्न परिवार र नयाँ घटनाक्रम कारण म अब बार्सिलोनामै रहन तयार छु। तर, म क्लब बोर्ड अध्यक्षसँग पटकै खुसी छैन । किनकि उनी क्लबको नेतृत्वको नाममा एक दुर्घटना हुन्” ।

प्रतिक्रिया दिनुहोस्