Logo

एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए लगतै एक हप्ता नगरपालिका सिल



Spread the love

२० भदौ, काठमाडौँ । पछिल्लो समय सरकारी कर्मचारीलाई दिनप्रति दिन कोरोना संक्रमण देखिएसंगै ठाउँ ठाउँ सिल गरेको छ ।

त्यस्तै अहिले टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्