Logo

निन्द्रा नलागेर छटपटी भयो ? सुत्नुअघि दबाउनुहोस् शरीरका यी भागहरु!



Spread the love

निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ ।
-पाइतालाको मध्यभागलाई पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस्।
-गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागलाई सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस्।
-नाडीबाट तीन औंलाको दूरी माथि रहेको भागलाई पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ।

प्रतिक्रिया दिनुहोस्