Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२० भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्