Logo

आज १५ सय ६६ जना कोरोना संक्रमित निको भए, थप ९ जनाको मृत्यु



Spread the love

२० भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या २७ हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

संक्रमणबाट नेपालमा आज ९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्