Logo

चारवटा देश चीनमा बनेको कोरोनाको भ्याक्सिन परीक्षणमा सहभागी हुने



Spread the love

२१ भदाै, एजेन्सी – चीनमा बनेको कोरोना भाइरसको भ्याक्सिन परीक्षणका लागि चार मुलुक सहमत भएका छन् । चिनियाँ खोप निर्माता कम्पनीले दिएको जानकारी अनुसार चार वटा मुलुकले कोरोना भाइरसको भ्याक्सिन परीक्षणमा सहभागिता जनाउने भएका हुन् ।

चीनका चाइनिज नेशनल बायोटेक्नोजी ग्रुप तथा सिनोवाक बायोटेक्नोजोजी कम्पनीका अनुसार अब चारवटा मुलुकले भ्याक्सिन परीक्षणमा स्वयंसेवकका रूपमा सहभागिता जनाउनेछन् ।

सर्बिया र पाकिस्तानले कोरोना भाइरसको सम्भावित भ्याक्सिनको तेस्रो परीक्षणमा सहभागीता जनाउनेछन् । यो परीक्षणमा चीन स्वयं पनि समावेश हुनेछ ।

सर्बियामा सिएनबीजीले बनाएका दुई भ्याक्सिनको ट्रायल हुनेछ । यी दुबै भ्याक्सिन ऊहान र बेइजिङको सिएनबीजी युनिटमा तयार गरिएको हो ।

कोरोना भाइरसको भ्याक्सिन बनाउने दाैडमा चीन पनि तीव्र गतिमा लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस्