Logo

असोजबाट पठनपाठन सुरू हुने



Spread the love

काठमाडाैँ – कोरोना भाइरसका कारण ठप्प रहेको पठनपाठन असोज १ गतेबाट सुरू हुने भएको छ । कोरोना महामारीसँगै पाँच महिनादेखि ठप्प रहेको पठनपाठन असोज १ गतेबाट सुरू हुने भएको हो ।

शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दुई दिनभित्र वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी हुने र सोही अनुसार पठनपाठन सुरू गरिने भएको हो ।

प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई वैकल्पिक विधिबाट तत्काल पठनपाठन शुरु गराउन र निजी विद्यालयलाई सो माध्यमबाट पढाएबापत शुल्क लिने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएपछि शिक्षा मन्त्री यसमा लागि परेका हुन् ।

मन्त्रालयका अनुसार मंगलबार भित्र निर्देशिका जारी हुन सक्ने प्रबल सम्भावना छ । निर्देशिका जारी भएपछि सोही अनुसार असोज १ गतेबाट केही सामुदायिक र नीजी विद्यालयमा पठनपाठन सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्