Logo

एकै जिल्लामा थपिए ३४ जना कोरोना संक्रमित



Spread the love

२१ भदौ, चितवन । आइतबार चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएको अस्पतलका कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पतालमा हिजो राति १३४ नमुना परिक्षण गर्दा ३४ जना मध्य चितवनका ३० जना, नवलपुरका ३ जना र कास्कीका एक जनामा कोरोना पुष्टि भएको छ।

संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् । भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ । चितवनकै राप्ती–२ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ । यस्तै नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्