Logo

क्रोएसियामाथि रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित



Spread the love

एजेन्सी। यूईएफए नेसन्स लिगको पहिलो खेलमा पोर्चुगलले क्रोएसियामाथि फराकिलो जित निकालेको छ। साविक विजेता पोर्चुगलले विश्वकपको उपविजेता क्रोएसियालाई ४-१ ले हराएको हो ।

४१ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए।राफेल गुरेरोको पासलाई सदुपयोग गर्दै डीओगो जोटाले ५८ औं मिनेटमा अग्रतालाई दोब्बर बनाए । ७० औं मिनेटमा जोआओ फेलिक्सले गोल गरे । खेलको ९० औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जित पक्का गरे ।

रोनाल्डोले चोट कारण यो खेल गुमाएका थिए । रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्