Logo

बार्बाडोसविरुद्ध जमैकाको हार, सन्दिपको मध्यम प्रदर्शन



Spread the love

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली राष्ट्रिय टोलिका खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजले बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ ।

ब्रायन लारा स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको जमैकाले निर्धारित ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ६१ रन जोडेकाे थियाे । जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ५४ रनको योगदान दिए ।

जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै यो सिजन सम्पन्न गरेको छ । कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तय गरेका थिए ।

सन्दीपले ४ ओभरमा २६ रन खर्चेर एक विकेट लिए । ओशान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।

अब जमैकाले सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्सको सामाना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्