Logo

नबिल बैंकका ५ कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण



Spread the love

२१ भदौ, वीरगञ्ज । आइतबार वीरगञ्जमा एकै बैंकका ५ कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा पर्साका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमा नबिल बैंक वीरगञ्ज शाखाका पाँच जना कर्मचारीसमेत रहेका छन्। यसअघि पनि नबिल बैंकका ८ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जना, कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरी गुल्मका २ जना, कालिकामाई गाउँपालिका ४ का ५३ वर्षका एक पुरुष, जगरनाथपुर गाउँपालिकाका १६ वर्षकी एक किशोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्