Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

२१ भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्