Logo

के धेरै सेल्फी खिच्ने बानी छ तपाईको ? सावधान ! लाग्न सक्छ यस्तो रोग



Spread the love

एजेन्सी । अहिलेका मानिसहरुमा अत्याधिक मोवाईल चलाउने नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित भएका छन् ।

अमेरिका स्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन मेट्जलका अनुसार अत्यधिक सेल्फी लिँदा यस्तो समस्या हुने गरेको छ ।

समस्याबारे उनी अगाडी भन्छन्, ‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ ।’ कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ । माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनोको उपचार गर्न सकिने उनी बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा बृद्धि भएको उनी बताउँछन् ।

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्