Logo

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



Spread the love

२१ भदौ, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।चितवन मेडिकल कलेजमा महानगरपालिका १५ का ७० वर्षीय वृद्धको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

स्वासप्रस्वासमा समस्या भएपछि उनको भेन्टिलेटर राखेर उपचार भैरहेको थियो ।

त्यस्तै, गोरखा अस्पतालमा मस्तिष्कघातबाट मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार दिउँसो घरमा अचानक अचेत भएकी गोरखा नगरपालिका ७ घर भएकी ६५ वर्षीया वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्