Logo

चार वर्षदेखि काकी र भतिजाबीच प्रेम सम्बन्ध, मनमुटाव भएपछि हत्या गरिदिए भतिजाले



Spread the love

२१ भदौ, ललितपुर । प्रहरीले भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया काकी गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ ।

ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१० लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

भैंसीपाटी क्षेत्रबाट पक्राउ परेका निर्मलले अपराध स्वीकारीसकेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भतिजा निर्मल र गीता विगत चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको र मनमुटाव भएपछि हत्या गरेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्