Logo

कोरोना परीक्षण शुल्क फेरी घट्यो



Spread the love

२१ भदौ, काठमाडौं । नेपालमा पिसिआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन्। लक्षण भएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र ज्वरो खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले पिसिआर गर्दै आएको छ।

त्यसैबीच, भेरी अस्पतालमा स्वेच्छाले कोरोना भाइरस ( कोभिड १९) को परीक्षण गराउन चाहनेलाई २२ सयमा गराउन पाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन, कार्य सञ्चालन केन्द्रबाट प्राप्त निर्देशन र अस्पताल ब्यबस्थापन समितिको भदौ १८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि कोरोना परीक्षण शुल्क २४०० रहेको थियो।

प्रतिक्रिया दिनुहोस्