Logo

उचाई नबढेर तपाई चिन्तामा हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय



Spread the love

उमेरमै उचाई बढेन भने वयस्क अवस्थामा उचाई बढाउँछु भनेर बढान सकिदैन्। त्यसैले तपाईको उमेर अनुसार उचाई बढेको छैन भने स्वास्थ्य सम्बन्धी केही उपाय अप्नाउनु उत्तम हुने गर्दछ। त्यसैले अपनाउनुहोस् यी उपाय:
सन्तुलित खाना
हाम्रो शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान निकै आवश्यक हुन्छ । हरियो सब्जी, फल र प्रोटीन, कार्बोहाइड्रेटले भरपुर खाना सन्तुलित मात्रामा लिनुपर्छ ।
मस्त निदाउने
धेरै कम मानिसलाई मात्र थाहा हुन सक्छ, सुतेको बेला पनि उचाईमा बृद्धि हुन्छ । एक अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाई सबैभन्दा बढी बढ्छ ।
दुध र सोयाबीन
दुधमा केहि किसिममा लाभकारी पोषक तत्व भरपुर हुन्छ । खासगरी दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ ।
घाम ताप्ने
घामको किरणबाट हामीलाई भिटामिन डी प्राप्त हुने गर्दछ। यसले हड्डी बलियो हुन्छ र लम्बाई पनि बढ्छ । भिटामिन डीयुक्त दुध, माछा, अन्डा, पनिर पनि सेवन गर्नुपर्छ।
घरेलु उपाय
नियमित रुपमा दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिउनुपर्छ। यसो गर्दा पनि तपाईको उचाईमा वृद्धि हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्