Logo

जुवाडेहरूमा पनि कोरोना संक्रमण



Spread the love

२१ भदाै, स्याङ्जा – स्याङ्जामा आइतबार एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एकैपटक २२ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

आइतबार कोरोना पुष्टि भएका २२ जनामध्ये अधिकांश तास खेल्नेहरू रहेका छन् । आइतबार कोरोना पुष्टि भएका मध्ये तास खेल्नेहरु १९ जना, विदेशबाट आएर क्वारेन्टाइनमा बसेका तथा एक जना सरकारी कर्मचारी रहेका छन् ।

कोरोना संक्रमितहरू यसैसाता २ भिन्न खालबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका थिए । पक्राउ परेका उनीहरूलाई क्वारेन्टाइनमा राखेर स्वाबप परीक्षण गरिएको थियो ।

ती २ खालबाट २२ जना तास खेल्दा खेल्दै पक्राउ परेका थिए । त्यसमध्ये ३ जनाको भने कोरोना नेगेटिभ आएको बताइएको छ ।

यो सहित स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ३७ पुगेको छ । स्याङ्जामा कोरोना संक्रमणका कारण २ जनाको भने मृत्यु भएको छ भने ३ सय ८ जना कोरोना मुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्