Logo

उपत्यकामा निषेधाज्ञा बढ्ने संकेत



Spread the love

२१ भदाै, काठमाडाैँ – काठमाडाैँ उपत्यकामा लामो समयका लागि निषेधाज्ञा लागु गर्न प्रस्ताव गरिएको छ । ललितपुरका जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिएका छन् ।

भट्टका अनुसार प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको छलफलमा दसैँसम्म निषेधाज्ञाको तयारी गरिएको हो ।

केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढेको र बढ्ने क्रम थप तीव्र भएसँगै उच्च सतर्कता अपनाउने प्रक्रिया अन्तर्गत लामो समयसम्म कडा स्वरूपको निषेधाज्ञा लगाउन प्रस्ताव गरिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी भट्टले तीजको समयका गरिएको निषेधाज्ञा प्रभावकारी ठहरीएको दाबी समेत गरेका छन् ।

काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ ।

उनका अनुसार नाकामा सेना परीचालन गर्यो भने निषेधाज्ञा थप प्रभावकारी हुनेछ । भट्टले सेना परिचालनबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) मा प्रस्तावसमेत पठाएको तर कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्