Logo

भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, मृत्यु हुनेको संख्यामा कमी



Spread the love

२२ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १ हजार ४४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९१ हजार ६ सय जना संक्रमित हुँदा ७ हजार २३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४२ लाख २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३२ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन् भने ७१ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ । भारतमा गएको २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्मकै धेरै हो ।

प्रतिक्रिया दिनुहोस्