Logo

तिलाठी पुगे डा. गोविन्द केसी, बाढी पीडितका लागि स्वास्थ्य शिविर चलाए



Spread the love

एक नेपालीले अर्को नेपालीलाई परेको बेला सहयोग गर्नैपर्छ, अन्यथा नेपाली हुनुको मतलव के ?’ चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा देखिएको बिकृति तथा भ्रष्टाचार हटाउने अभियानमा लागेका डा. गोबिन्द केसीले सप्तरीका पत्रकारहरु समक्ष भने, “अहिले सप्तरीका जनता बाढीको चपेटामा छ । यहाँ सहयोगको आवश्यक्ता महसुस भएकाले सहयोग गर्न आएको छु ।’

सप्तरीको बाढीग्रस्त क्षेत्रका जनताको कुरा सुन्न र स्वास्थ्य शिविर संचालन गर्न आएका डा. केसी शनिबारदेखि तिलाठी गाविसमा आफ्नो शिबिर संचालन गरेका छन् ।
20150323dr-kc-on-hunger-strike-for-fifth-time
एक साता अगाडि तिलाठी गाविसमा पानीको बहाबको बिषयलाई लिएर नेपाली र भारतीयबीच झडप भएको थियो ।यद्यपि डा.केसीले यो कुरा कोट्याएनन् ।

उनले आफू चिकित्सक भएको र व्यक्तिको उपचार गर्न सक्ने भएकाले आफूभित्रको गुण जनतालाई सेवाको रुपमा दिन आएको बताए । ‘नेपाली पीडमा हुँदा आफूलाई पनि दुःख हुन्छ’ उनले भने, “हरेक नेपालीले एकअर्कालाई सहयोग गर्नु जरुरी छ ।”

तिलाठीमा राखिएको स्वास्थ्य शिबिर दुई दिनसम्म चल्नेछ । सप्तरी उद्योग बाणिज्य संघको समन्वय तथा स्थानीय युवाहरुको सहयोगमा डा. केसी नेतृत्वको टोलीले शनिवार बाढी प्रभावित गाविस तिलाठीमा स्वास्थ्य उपचार शिविर सञ्चालन गरेका छन् ।

कम्मर-ढाड, जोर्नी दुखाई तथा नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको जाँच गर्नुका साथै औषधि समेत केसीले नै बितरण गरेका छन् । केसीले शिबिरको पहिलो दिन जाँच गर्न आउनेलाई फलफूल समेत उपलब्ध गराएका छन् ।

डा. केसीले तिलाठीका साथै रम्पुरा मल्हनियाँ, बिषहरिया, सकरपुरा गाविसका बाढीपीडितहरुसँग भेट गर्दै समस्या बुझेका छन् ।

केसीले बाढीबाट विस्थापित भएका जनतालाई त्रिपाल समेत बितरण गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच रेडक्रसको राजविराज शाखाको आयोजनामा शनिवारै तिलाठीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । निशुल्क आँखा शिविरमा बिरामीहरुको उपचार गर्नुको साथै औषधीसमेत उपलब्ध गराईएको रेडक्रस सप्तरीका सभापति जोगेन्द्र भगतले जानकारी दिए ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानका चिकित्सकहरुले आँखाको जाँच गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्