Logo

उत्कृष्ट सुरुवातको बाबजुद जमैका चुक्यो, सन्दिपले लिए १ विकेट



Spread the love

एजेन्सी। क्यारेबियन प्रिमियर लिग(सिपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजलाई सेन्ट लुसिया जुक्सले ११ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ थालेको सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित ओभरमा ९ विकेटको नोक्सानीमा १३४ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि ओपनर ग्लेन फिलिप्सले उत्कृस्ट लय कायमै राख्ने क्रममा सर्वाधिक ४९ रन बनाए। पहिलो विकेटको लागि उनले जर्माइन ब्ल्याकवुडअंग ८४ रनको साझेदारी गरे। ब्ल्याकवुडले २५ रन बनाए।

सेन्ट लुसियाको बलिंगमा जाहिर खान र जाभेले ग्रिनले समान ३ विकेट तथा केसरिक् विलियम्सले २ विकेट लिए।

जमैकाको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक २ विकेट लिए । फिडेल एड्वार्ड्स, भिरासामी पर्मल, कार्लोस ब्राथवेट र सन्दिप लामिछानेले समान १/१ विकेट लिए। सन्दिपले ४ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए।

प्रतिक्रिया दिनुहोस्