Logo

पसलमा चलकेट किन्न गएकी ६ वर्षीया बालिकामा माथी बलात्कारको आरोपमा ६१ बर्षिय पुरुष पक्राउ



Spread the love

२२ भदौ, गुल्मी । गुल्मीमा बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर चार पुर्तिघाटका ६१ वर्षीय नारायण प्रसाद श्रेष्ठलाई सोहि स्थानकी ६ वर्षिया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गत भदौ १७ गते श्रेष्ठको पसलमा चकलेट किन्न आएकी ती बालिकालाई श्रेष्ठले ललाई फकाई भान्स कोठामा लगेर सम्वेदनशिल अङ्ग छुने गरेको पीडित परिवारले जनाएका छन ।

पीडित परियारले दिएको उजुरीका आधार भदौ २० गते पुर्तिघाट प्रहरीले पक्राउ गरेको हो । घटना माथी थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्थले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्