Logo

रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीको आपत्ति



Spread the love

२२ भदौ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिएको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न् । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए ।

आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ रहेको छ ।

जेठ महिनामै रथयात्रा गरी भोटोजात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा स्थगित गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्