Logo

एकै घरका ६ परिवारसहित १३ जना कोरोना संक्रमित



Spread the love

२२ भदौ झापा । सोमबार झापा कनकाई नगरपालिका एकै परिवारका ६ जनासहित १३ जनामा कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना संक्रमित फेला परेको हो ।कन्काई नगरपालिका ३ सुरुङ्गाकी ४५ बर्षीया संक्रमित महिलाको हिजो मृत्यु भएको थियो ।

संक्रमित भएका १३ जना मध्य एकजना ७९ वर्षकी बृद्धा, कनकाई नगरपालिका वडा नं ३ का एक परिवारका सबै ६ सदस्य, कनकाई वडा नं ७ का ४ जना, वडा नं ३ का ९ जना सबै स्थानीय समुदायकै रहेको हरुलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्