Logo

नेकपा स्थायी कमिटीको बैठक आगामी शुक्रबार



Spread the love

२२ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने भएको छ । गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन् ।

बैठकबारे सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको हो ।

प्रतिक्रिया दिनुहोस्