Logo

एकै ठाउँका ६३ सैनिकसहित ७४ जनामा कोरोना संक्रमण



Spread the love

२२ भदौ, कैलाली । सोमबार कैलालीको लम्कीचुहा नगरपालिकाको गोरेङगेमा रहेको नेपाली सेनाको ब्यारेकमा ठुलो संख्यामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा नेपाली सेनाको ब्यारेकका कार्यरत ६३ जनासहित ७४ जनामा कोरोना कोरोना संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले बिज्ञप्तीमा उल्लेख छ।

यसअघि लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि २ सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। तीमध्ये ६३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्