Logo

भारतीय नागरिकले कुटपिट गर्दा नेपालीको ज्यान गयो



Spread the love

२२ भदाै, सप्तरी – भारतीय नागरिकको कुटाइबाट एक जना नेपालीको ज्यान गएको छ । सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालीको ज्यान गएको हो ।

डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ५५ वर्षीय रामदेव यादवको दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिएका छन् ।

दशगजा क्षेत्रमा नेपालीले लगाएको धानबालीमा भारतीयले भैँसी चराएकाे विषयमा विवाद हुँदा कुटपिट भएको र नेपाली वृद्धको ज्यान गएको बताइएको छ ।

कुटपिटबाट घाइते भएका ५५ वर्षीय यादवको उपचारका क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्