Logo

झिंगालाई झटारो हान्दा घरमा आगो सल्कियो !



Spread the love

२२ भदाै, एजेन्सी – एक जना व्यक्तिले झिंगा मार्न प्रयास गर्दा उनको घर नै जलेको छ । फ्रान्सको दक्षिणी भेगस्थित पार्कोलमा एक जनाले रिसको झोंकमा झटारो हान्दा घर मै आगो लगाएका हुन् ।

तर, घरमा आगो लगाउने उनको मनशाय भने हैन । रिसाएर विद्युतीय वस्तुले हान्दा ग्यासमा लागेर उनको घरको आंशिक भाग लागेको बताइएको छ ।

फ्रान्सका ती व्यक्ति लगभग ८० वर्षका रहेका छन् । झिंगाको आवाजबाट रूष्ट भएका उनले रिस थेग्न सकेनन् । अन्ततः उनको घरमा आगो सल्कियो ।

आगलागीबाट उनको हातमा चोट लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्