Logo

राजश्व तिर्ने व्यवस्था सहज बनाउन बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन



Spread the love

२२ भदाै, काठमाडाैँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आगामी बिहीबारसम्म सबै शाखा खुला राख्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिर्नका लागि करदाताहरुलाई अन्तिम म्याद दिएको छ भने सोही अनुसार राजश्व तिर्ने व्यवस्था सहज बनाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सिमित शाखामात्र खोल्दा भीडभाड बढ्ने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले राष्ट्र बैंकले कर तिर्ने व्यवस्था सहज बनाउन बैंकले यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्